Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित छौं: सह-संयाेजक नेपाल


52
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभएको छ।

पोखरामा आइतबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। उहाँले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरु देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने र देश हितका कामहरु गर्ने रहेको बताउनुभयो। उहाँले आफूहरु देशभक्त नेपाली रहेको भन्दै त्यसमा गौरव गर्नुपर्ने बताउनुभएकाे छ।

देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशी चाकडी गरेर र उनीहरुसँग लड्न गएर नहुने उहाँले बताउनुभयो। नेपालको मामिलामा कसैले हस्तक्षेप गर्न नहुने र नेपालको भूमि कसैका लागि प्रयोग गर्न नदिने कुरामा ध्यान दिनुपर्नेमा उहाँकाे जाेड छ।

सह-संयोजक नेपालले पोखरा पर्यटनको निम्ति उर्वर भूमि भएको बताउनुभयो । साँस्कृतिक र ऐतिहासिक धरोहर पोखरा रहेको उहाँकाे भनाइ छ।

Skip This