Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेपाल प्रहरीका पूर्व-एआईजी पोख्रेल रास्वपामा प्रवेश


494
Shares

काठमाडाैं। नेपाल प्रहरीका पूर्व-एआईजी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ।

उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताको उपस्थितिमा शुक्रबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोख्रेल राजनीतिक यात्रा शुरु गर्नुभएकाेहाे। १८ महिना वरिष्ठ भए पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारका पालमा आईजीपी बन्न नपाएका पोखरेल रास्वपामा प्रवेश गर्नुभएकाे छ

रास्वपाले पोखरेललाई अनुशासन आयोगको नेतृत्व दिने तय गरिएको छ। आईजीपीको दौडमा अगाडि रहे पनि पोखरेललाई देउवा सरकारले अन्याय गरेको थियो। उहाँ त्यसबेला सर्वोच्च अदालतसम्म पनि पुग्नुभएककाे थियाे।

तत्कालीन देउवा नेतृत्वको सरकारले एआईजीमा पाेखरेल भन्दा १६ महिना कनिष्ठ धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि पाेखरेल नियमित अवकाशमा जानुभएकाे थियाे।