काठमाडाैं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २ सय ९ वटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ।
काठमाडौंमा शुक्रबार बिदाई कार्यक्रममा बोल्दै उहाँले वर्तमानमा खेल संघहरुको संख्या घटेर ६३ पुगेको बताउनुभएको हो। उहाँले ४ वर्षे कार्यकालमा सक्रिय संघहरुमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्नुभयाे। उहाँले आफनो कार्यकाललाई सबै भन्दा बढी निर्वाचन भएको अवधि भनि बताउनुभएकाे छ। आफ्नो कार्यकालमा नै खेलकुदको इतिहासमा सबै भन्दा बढी निर्वाचन गराएको उहाँकाे दावी थियाे।
सदस्यसचिव घिसिङले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना र यसका विवादहरुको निरुपणको विषयमा चालिने सबै बहसका क्षेत्रमा आफूले सहभागिता जनाउने बताउनुभयो। साेही अवसरमा मिसन सन् २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई किट्स वितरण गरिएको छ।





प्रतिक्रिया दिनुहोस्