Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


आगामी निर्वाचनमा नेकपा मुलुकको प्रमुख शक्ति बन्ने नेता रावलकाे दावी

सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न पार्टी प्रतिवद्ध

364
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने दावी गर्नुभएकाे छ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलार्य आग्रह गर्नुभयो। सुदूरपश्चिम प्रदेशका कठिनाईलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको उहाँकाे भनाइ छ।

नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्न नसकेको आरोप समेत लगाउनुभयो।