Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको अध्यक्ष दाहालकाे दावी


143
Shares

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताउनुभएको छ।

काठमाडौंमा शुक्रबार पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गर्नुभयो। आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको समेत उहाँले बताउनुभयो।

अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको उहाँकाे भनाइ छ। युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहनुभएको र उक्त जिल्लामा आफूहरु लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अण्डरग्राउण्ड हल बनाएर बसेको उहाँले बताउनुभयाे।

अध्यक्ष दाहालले पुस्तक युद्ध पत्रकारिता युद्धको ऐना भएको जिकिर गर्नुभएकाे छ।