Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते गर्ने

घोषणा सभाको प्रमुख वक्ता ऊर्जामन्त्री घिसिङ

429
Shares

काठमाडाैं। नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ।

पार्टीले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी यहि मंसिर १७ गते सोही सभा आयोजना गर्ने जानकारी गराइएको हो। काठमाडौंको प्रज्ञा भवनमा सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताउनुभयो। घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनुहुने भएकाे छ।

घोषणामा सभामा पार्टीको दृष्टि-मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताउनुभयो। पत्रकार सम्मेलनमा नेताहरुले सोही पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन्।

प्रवक्ता थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना आफूहरुको रहेको बताउनुभयो।