Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


एनपीएल क्रिकेटमा: काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य


78
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ४३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएकाे पहिलाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ ओभरको ४ मा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएकाे हाे। काठमाडौंले ४ ओभरको तेस्रो बलमा पुग्दा ३ विकेट गुमाएको थियो।

ओपनर आकाश त्रिपाठी ४, ब्याटर रसिद खान ६ र अर्का ओपनर बेन बेन चार्ल्सवर्थ १३ रन बनाएर सस्तैमा आउट भएका थिए। यी तीन महत्त्वपूर्ण विकेट गुम्दा काठमाडौंले मात्रै २४ रन जोडेको हाे।