काठमाडाैं। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ।
अजमान मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको हाे। जवाफी ब्याटिङमा उत्रिएको हङकङ भने निर्धारित ओभर समेत खेल्न नपाई १ सय ५१ रनमा समेटियो। त्यसअघि नेपालका लागि कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरेका थिए।
त्यसैगरी दर्शन सोनारले अविजित ४५ र दिलसाद अलिले ३६ रन जोडेका थिए। अशोक र दर्शबीच १ सय ८ रनको शतकीय साझेदारी समेतभयो। हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट लिएका हुन् । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि ८ विकेटको जित निकालेको थियो।
प्रतियोगितामा १४ देश सहभागी छन्। ४ समूहका शीर्ष टोलीले भने सेमिफाइनल खेल्ने भएकाे हाे। पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुने भएका छन् ।





प्रतिक्रिया दिनुहोस्