Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


अफगानी नागरिकलाई अमेरिकी भिसा दिन रोक


1.2k
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी नागरिकलाई अमेरिकी भिसा दिन रोक लगाउनुभएकाे छ।

वासिङ्टनमा अफगानी आप्रवासीले बुधबार नेसनल गार्डका २ जना सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि उहाँले अफगानी नागरिकलाई भिसा दिन रोक लगाउनुभएकाे हाे। अफगानिस्तानबाट सन् २०२१ मा अमेरिका गएका रहमनुल्लाह लकनवालले बुधबार गोली प्रहार गरेपछि नेसनल गार्डका २ जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्।

आप्रवासी विरोधी मुद्दामा दुई पटक राष्ट्रपतीय निर्वाचन जितेका ट्रम्पले सो घटनापछि अमेरिकामा रहेका दशौं लाख आप्रवासीहरूमाथि व्यापक कारबाही गर्ने वाचा गर्नुभइकाे थियाे। त्यसपछि अमेरिकाको नागरिकता र अध्यागमन सेवाले अफगानी नागरिकहरूको भिसा आवेदन प्रक्रिया स्थगित गरेको भनेर द न्यू योर्क टाइम्सले उल्लेख गरेकाे छ।