Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


‘म जेनजी युवा भन्दा कम छैन’: संयोजक दाहाल


143
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू जेनजी युवा भन्दा कम नभएको बताउनुभएकाे छ।

काठमाडाैंमा बिहीबार जनता समाजवादी पार्टीसहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै उहाँले नेकपा जेनजी युवाहरूको असली अभिभावक भएको बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘हामी यहाँ उपस्थित भएको नेताहरू उमेरको हिसाबले उत्तरार्धतिर छौं। तर राष्ट्रप्रतिको जिम्मेवारीप्रति समाजवादको यात्रामा अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवा भन्दा कम छैनौं। अन्तिम समयसम्म हामी त्यो भूमिका पूरा गर्न चाहन्छौं। फेरि यहाँ पद छाड्नै चाहेन भन्छन्, हामीलाई सक्रिय राजनीति गर्ने वातावरण बन्यो भने पद ठूलो कुरा होइन। पदमा नभएपनि विश्वका ठूल-ठूला नेताहरूले राष्ट्र निर्माणमा भूमिका खेलेका छन्।’

आगामी महाधिवेशनले नै नेकपाको नयाँ मोडेलको खाका कोर्ने संयाेजक दाहालले बताउनुभयाे। आजसम्म १७ घटक एकता प्रक्रियामा आएको बताउदै उहाँले कुनै विमति नभएको बताउनुभएकाे छ।