Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


घनश्याम नेतृत्वकाे अभियान र नेकपा संयुक्तबीच एकता


702
Shares

काठमाडाैं। घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच पार्टी एकता भएको छ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा गरिएको हो। एकीकृत पार्टीको नाम नेकपा संयुक्त नै राख्ने सहमति भएको छ। पार्टीको चुनाव चिन्ह पनि हँसिया नै रहनेछ। दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने गरी एकता गरिएको हो। कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पूँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध उभिने, सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भातृत्व र शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने सहमति पनि गरिएको छ।

राष्ट्रिय पूँजीको विकास गर्दै १०/१२ वर्षमा सबै नेपालीलाई रोजगारी दिने र भ्रष्टाचार, अपारदर्शीता र ढिलासुस्ती तथा अनियमितताको अन्त्य गरी सुशासनको स्थापना गर्ने लक्ष्य पनि राखिएको छ।

Skip This