Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश


767
Shares

काठमाडाैं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको नीजी निवासमा बुधबार आयोजित अनौपचारिक कार्यक्रममा उहाँ एमालेमा प्रवेश गर्नुभएको हो। अध्यक्ष ओलीले उहाँलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। उहाँले अशोक राई नेतृत्वको जसपामा समेत टुक्रा टुक्रामा विभाजित भएको कारण पार्टी परित्याग गरेर एमालेमा आएको बताउनुभएकाे छ।

मुलुकलाई स्थिर राजनीतिक अवस्थाको खाचो रहेको उल्लेख गर्दै उहाँले मुलुकलाई एमालेले मात्र स्थिरता दिनसक्ने दावी समेत गर्नुभयो। उहाँले जसपा विभाजित भएपछि पार्टी परित्याग गर्नुपरेको बताउनुभएकाे छ।