Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


कांग्रेस महाधिवेशन पक्षधरको राष्ट्रिय सभागृमा विशेष भेला

केन्द्रीय समितिले महाधिवेसनको मिति नतोके आफैंले मिति घोषणा गर्ने तयारी

1.6k
Shares

काठमाडाैं। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा विशेष भेला आयोजना गरेका छन्।

ओमकार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा ४ केन्द्रीय सदस्य र २ प्रदेश सभापति सहभागी भएका हुन् । काठमाडाैंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बुधबार जारी भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ र अजयबाबु शिवाकोटी सहभागी रहेकाे जनाइएको छ। साथै लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी सभापति शुक्रराज शर्माको पनि उपस्थित रहेको छ।

यसअघि विशेष महाधिवेशन माग गर्दै देशैभरीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवाहक सभापति पूर्णवहादुर खड्कालाई गत असोज २८ गते नै बुझाएका थिए। कन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्न ढिलाई गरेपछि लगातार दबाब दिईरहेको समूहले भेलाको आयोजना गरेको हो। गत भदौ २३ र २४ भएको जेनजी प्रदर्शन र त्यसपछिको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन अघि नै महाधिवेशन गर्नु पर्ने माग समूहको छ।

तर पार्टीको संस्थापन पक्षधर नेताहरुले भने निर्वाचनपछि मात्रै महाधिवेसन गर्नुपर्ने अडानमा छन् । कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार फेरि बस्दैछ। बिहीबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको निर्णय नभएमा महाधिवेशन माग गर्नेहरुले नै महाधिवेशन घोषणा गर्ने सन्देश भेला मार्फत दिने दावी गरिएको छ।