काठमाडाैं। नेपाली युवा रिजवान आलम विश्व भू-राजनीतिमा उदाउँदै गएको देखिएको छ।
युवा उद्यमी, कूटनीतिक सञ्जाल विस्तार र भू-राजनीतिक कनेक्सन निर्माणकर्ता भनेर परिचित उनले अहिले अरब विश्व र भारतमा उल्लेखनीय प्रभाव बनाइरहेका दावी गरेका हुन् । मध्यपूर्व-अरब क्षेत्र ऊर्जा सुरक्षा, सामरिक व्यापार–मार्ग, सैन्य कूटनीति र तीव्र आर्थिक परिवर्तनको केन्द्रीय क्षेत्र हो। तेल कूटनीतिबाट आर्थिक विविधिकरण कूटनीतितर्फ तीव्र रुपान्तरण भइरहेका बेला अरब पार्लामेन्ट-अरब राष्ट्रहरूको सामूहिक निर्णय–केन्द्र-अझै शक्तिशाली बन्दै गएको हाे।
यस्तो निर्णायक संस्थासँग सिधै कूटनीतिक पहुँच राख्ने एक नेपाली युवाको उदय ऐतिहासिक मानिन्छ। रिजवानलाई अरब पार्लियामेन्टमार्फत प्रदान गरिएको सरकारी–स्तरको प्रोटोकल सुविधाले उनलाई विभिन्न मुलुकमा कूटनीतिक पहुँचसहित यात्रा गर्न सहज बनाएको जनाइएको छ।
साेही उपलब्धिले नेपाललाई पहिलो पटक अरब विश्वको राजनीति, सुरक्षा, व्यापार र लगानीका कूटनीतिक चासोहरूमा ल्याएको जनाइएको छ।





प्रतिक्रिया दिनुहोस्