Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


शेयर बजारमा आज झिनो अंकले बढ्याे

५ अर्ब ८३ करोड ३० लाख बढीकाे काराेबार

91
Shares

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ५ दशमलव ३२ अंकले बढेको छ।

५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २ हजार ६ सय ५५ दशमलव ९९ बिन्दुमा पुगेको हो। नेप्से बढ्दा १ सय २२ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो। १ सय २५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएकाे छ। तर कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हाे।

सेयर कारोबारमा झापा इनर्जीको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा आर्जन गरेका छन्। जोशी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबै भन्दा बढी गुमाएका हुन् । नेप्से झिनो अंकले वृद्धि हुँदा विकास बैंक, जीवन बिमा, म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको उपसूचक हरियाली रहेकाे नेप्सेले जनाएकाे छ।