Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


नेपालमा डेंगु संक्रमितको संख्या करिब ८ हजार पुग्याे


195
Shares

काठमाडौं। देशैभरी पछिल्लो एक हप्तामा ५५ जनामा डेंगुको संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस हप्ता १ सय ९ जनामा डेंगु परीक्षण गर्दा ५५ जनामा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ८ सय ८२ पुगेको छ। बागमती प्रदेशमा संक्रमितको संख्या २ हजार २५ पुगेको छ। गण्डकीमा २ हजार, लुम्बिनीमा १ हजार ३ सय ४, कोशीमा १ हजार ८, सुदूरपश्चिममा ८ सय ४५, कर्णालीमा ५ सय २४ र मधेश प्रदेशमा १ सय ७६ जनामा डेंगुको संक्रमणको संख्या देखिएको इडिसिडीले जनाएको हाे।

गर्मी र वर्षातको समयमा ताराई क्षेत्रमा मात्र देखिने डेंगु पछिल्लो समय बाह्रै महिना तथा हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको संक्रमण बढ्दै गएको चिकित्सकहरूले बताउदै आएका हुन्।