Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


शेयर बजार आज ४७ अंकले बढ्याे

७ अर्ब ३ करोड ५४ लाख बढीकाे काराेबार

104
Shares

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार ४७ दशमलव २२ अंकले बढेको छ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव ८१ प्रतिशतले बढेर २ हजार ६ सय ४७ दशमलव ४४ अंकमा पुगेको हाे। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अंकले बढेर ४ सय ५६ दशमलव १३ अंकमा पुगेको छ। नेप्से परिसूचकसँगै कारोबार रकमसमेत बढेको हाे।

कूल ३ सय ३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता शेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १ सय ३६ मा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको हाे। सोही कम्पनीको शेयर २४ करोड ८१ लाख ५१ हजार ५ सय ४६ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेकाे छ। झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेकाे हाे ।

त्यस्तै, सागर डिस्टिलरी लिमिटेड, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रोटेक इन्ड्रष्टी लिमिटेडका लगानीकर्ताले नौ प्रतिशत भन्दा बढीले कमाएका छन्। कारोबारमा मविलुङ इनर्जी लिमिटेडको लगानीकर्ताले ४ दशमलव ४४ प्रतिशतले गुमाकाे नेप्सेले जनाएकाे हाे।