Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नेपाल सरकारको मुख्य-सचिवमा अर्याल नियुक्त


975
Shares

काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले साेमबार अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। यहि मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जानुहुने भएकाे छ।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसक्नुभएकाे छ।

उहाँले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाउनुभएकाे हाे।