Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडित आज पनि धर्नामा


104
Shares

काठमाडाैं। बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमबार पनि धर्नामा बसेका छन्।

सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन्। सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रबारदेखि धर्नामा बस्दै आएका छन् । उनीहरुले सहकारी ‘बचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर र पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ सहितका नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।

आफूहरु रहरले नभई दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको बचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरुको भनाइ छ। आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरुको पीडा नसुनिदिएको दुखेसो पोखेका थिए । आफूहरुको बचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी समेत दिएका छन्।