Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


चीनसँग जोड्ने सडकको डिपीआर संशोधन हुने


0
Shares

काठमाडौं, असोज ७ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन हुने भएको छ ।

गत असारमा डिपीआर तयार गरिएको थियो । वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपीआर संशोधन गर्न लागिएको हो । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नति कार्य गर्नेछ ।

नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो गएको छ । ‘पहिरोले सडकको धेरै स्थानमा क्षति पुर्‍याएको छ,’ योजना प्रमुख सुवोधकुमार देवकोटाले भने, ‘पुरानो डिपीआर अनुसार काम हुन सक्ने देखिँदैन ।’ –नागरिक दैनिकबाट