Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेपाली महिला फुटबल टोलीको बिदाई


169
Shares

काठमाडाैं। इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ।

कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाई गरेका हुन्। मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने भएकाे छ। प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर भने सहभागी नहुने भएका छन् ।

बिदाईका क्रममा टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरिका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताएका हुन्। टोली कप्तान एञ्जिला सुब्बाले यस्ता प्रतियोगिताले आफूहरूलाई सहयोग पुग्ने बताएकी छन्।

Skip This