Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


महालक्ष्मी नगरपालिकाका विद्यालयमा कानूनी सचेतना अभियान शुरू


0
Shares

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले “शिक्षा र कानूनी जागरुकता-उज्यालो भविष्यको आधार“ भन्ने नारासहित विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम शुरु गरेकाे छ।

साेही नगरपालिकामा भएका सम्पूर्ण विद्यालयहरूमा जाने क्रममा आइतबार वडा नम्बर १ देखि यो कार्यक्रम शुरु भएको हो। विद्यार्थीहरूलाई आफ्नो अधिकार, कर्तव्य र कानूनी व्यवहारकाे बारेमा स्पष्ट ज्ञान प्रदान गर्ने उद्देश्यले साेही कार्यक्रमको शुरुवात गरिएको नगरपालिकाकी उपमेयर एवं न्यायिक समितिकी संयोजक समेत रहनु भएकी लक्ष्मी महर्जनले जानकारी दिनुभयो। यस कार्यक्रमले विद्यार्थीमा जिम्मेवारपूर्ण नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाले अपेक्षा गरेको उहाँकाे भनाइ छ।

साेही कार्यक्रमले कानूनी सचेतनामा विद्यार्थीहरुलाई थप मद्दत पुग्ने पनि उपमेयर महर्जनले विश्वास गर्नुभयाे। यो कार्यक्रम नगरपालिकाभित्र रहेका सबै वडाका विद्यालयहरुमा सञ्चालन गरिने समेत उहाँले जानकारी गराउनुभएकाे छ।

साेही नगरपालिकामा जम्ममा १० वटा वडा रहेका छन् ।