Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


राष्ट्रिय सभागृहमा एक समाराेहकाबीच प्रगतिशील लोकतान्त्रिक पार्टीकाे घोषणा (तस्बिरसहित)

पार्टीको चुनाव चिह्वन आँखा

1.1k
Shares

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ।

काठमाडाैंमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमकाबीच नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ। त्यस्तै, पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ।

यहि कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नयाँ शक्ति, जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियार लगायतबीच एकता गर्ने सहमति भएको थियो।