Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


पञ्चेबाजाको संरक्षणमा प्रतियोगिता (भिडियाे रिपाेर्ट)


0
Shares

स्याङजा। नेपाली परम्परागत बाजामा नयाँ पुस्ताको आकर्षण खासै देखिदैन।

नयाँ पुस्तालाई यसप्रति आर्कषित गर्न नसक्दा यसले पुस्तान्तरणमा समस्या सृजना गरेको सरोकारवालाहरु बताउँछन् ।

तर, स्याङजामा विद्यालय स्तरबाट नै परम्परागत बाजाप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने प्रयास गरिएको छ ।विश्व बाल दिवसको अवसर पारेर पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनका लागि स्याङ्जास्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीबीच प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना गरियो ।

जिल्ला भरीबाट कूल ८ समूहको सहभागिता रहेको पञ्चेबाजा प्रतियोगितामा बाल अधिकारका विषय समेटिएका विभिन्न प्रस्तुती दिइएको थियो । यो प्रतियोगिताले एकातर्फ विद्यार्थीको प्रतिभा प्रस्फुटनमा टेवा पुगेको देखिन्छ भने अर्कोतर्फ संस्कृतिको पुस्तान्तर भएको सरोकारवाला बताउँछन् ।

पञ्चेबाजा प्रतियोगिताले बालबालिकाको मौलिक संस्कृतिप्रतिको रुचि बढाउन पनि मद्धत पुगेको विद्यार्थीहरु बताउँछन । विद्यालयस्तरमा हुने अन्य सृजनात्मक गतिविधीबाहेक परम्परागत बाजा र लोक-संस्कृतिसँग सम्बन्धित यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नो कला प्रदर्शन गर्ने अवसर मात्र दिएको छैन नेपाली मौलिक संस्कृति संरक्षणमा पनि टेवा पुगेको छ।

भिडियाे रिपाेर्ट: