Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


पञ्चेबाजाको संरक्षणमा प्रतियोगिता (भिडियाे रिपाेर्ट)


208
Shares

स्याङजा। नेपाली परम्परागत बाजामा नयाँ पुस्ताको आकर्षण खासै देखिदैन।

नयाँ पुस्तालाई यसप्रति आर्कषित गर्न नसक्दा यसले पुस्तान्तरणमा समस्या सृजना गरेको सरोकारवालाहरु बताउँछन् ।

तर, स्याङजामा विद्यालय स्तरबाट नै परम्परागत बाजाप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने प्रयास गरिएको छ ।विश्व बाल दिवसको अवसर पारेर पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनका लागि स्याङ्जास्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीबीच प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना गरियो ।

जिल्ला भरीबाट कूल ८ समूहको सहभागिता रहेको पञ्चेबाजा प्रतियोगितामा बाल अधिकारका विषय समेटिएका विभिन्न प्रस्तुती दिइएको थियो । यो प्रतियोगिताले एकातर्फ विद्यार्थीको प्रतिभा प्रस्फुटनमा टेवा पुगेको देखिन्छ भने अर्कोतर्फ संस्कृतिको पुस्तान्तर भएको सरोकारवाला बताउँछन् ।

पञ्चेबाजा प्रतियोगिताले बालबालिकाको मौलिक संस्कृतिप्रतिको रुचि बढाउन पनि मद्धत पुगेको विद्यार्थीहरु बताउँछन । विद्यालयस्तरमा हुने अन्य सृजनात्मक गतिविधीबाहेक परम्परागत बाजा र लोक-संस्कृतिसँग सम्बन्धित यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नो कला प्रदर्शन गर्ने अवसर मात्र दिएको छैन नेपाली मौलिक संस्कृति संरक्षणमा पनि टेवा पुगेको छ।

भिडियाे रिपाेर्ट: