काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेले जन–प्रदर्शन गरेका छ । वर्तमान सरकार प्रतिगमकाे बाटाेमा अघि बढेकाे संविधान विपरित भएकाे भन्दै एमालेले शनिबार जन प्रदर्शन गरेकाे हाे । अब नेकपा एमाले पछि नहट्ने यस्ता गतिका विरुद्ध सशक्त रुपमा अघि बढ्ने बताएकाे छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी आन्दोलनको नाममा हुलदङ्गा रोक्नेतर्फ उदासीनता देखाएको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै उहाँले जेनजीका नाममा आउने अराजक तत्वलाई सरकारले रोक्न नसकेको आरोप लगाए ।
ओलीले सरकार र सत्ता पक्षले विभिन्न संवैधानिक तथा सुरक्षा निकायहरूलाई एमालेसँग जोडेर बदनाम गर्न खोजेको आरोप समेत लगाए। सरकारलाई अब प्रहरी पनि एमाले, अदालत पनि एमाले लाग्न थालेको आरोप समेत लगाए । वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गर्दै ओलीले यो सरकारलाई जनताले नछानेको भन्दै हट्न तयार रहन चुनौती दिए ।




प्रतिक्रिया दिनुहोस्