Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


कांग्रेस निर्वाचनमा जाने भएपछि दवावमा एमाले (भिडियाे रिर्पाेट)


0
Shares

काठमाडौं ।
विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्‍र्यो ।


जेन जी आन्दोलनको समयमा सरकारको नेतृत्व गरेको नेकपा एमाले भने संसद पुनस्थापनाको रिट लिएर अदालत जादैछ । यसले आन्दोलन अगाडि सत्तासहयात्रामा रहेका नेपाली कांग्रेस र एमाले फरक कित्तामा उभिएका छन् ।

पार्टी भित्र महाधिवेशन लगायतका विषयमा रहेको विवादलाई थाति राख्दै कांग्रेस निर्वाचन तर्फ अगाडि बढ्ने निर्णयसँगै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्धामा एमाले एक्लिएको छ ।

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाटै फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको सन्दर्भमा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै भएको ठहर गरेको छ । पुनःस्थापनाको निर्वाचन भन्नेमा कांग्रेसको निर्णय पर्खिरहेकालाई समेत उसले निर्वाचनमा भाग लिने निर्णय गर्दै कित्ता क्लियर गरिदिएको छ । निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेन जी आन्दोलनका क्रममा उठाइएका मुद्दा समेत संस्थागत गरेर अगाडि जाने निर्णयमा कांग्रेस पुगेको छ ।

कांग्रेसको चासो अब भयरहित वातावरणमा निर्वाचन होस भन्ने छ । उसले हाल हजारौ कैदीबन्दी फरार रहेको विषय र ठूलो परिमाणमा हातहतियार हराइरहेकाले बाहिर भयको स्थीति छ त्यसलाई साम्य पार्दै वातावरण बनाउने काम सरकारले बनाउनुपर्नेमा जोड दिएको छ ।

योसँगै प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा पार्टी नै रिट लिएर नजाने निर्णयमा पुगेको कांग्रेस त्यसको संवैधानिक परिक्षण अदालतमा विचाराधिन मुद्दाको छिनोफानोसँगै हुने भन्नेमै देखिन्छ । यद्यपी यो विषयमा केहि विवाद भने कांग्रेस भित्र पक्कै छ । एक महिना बढि चलेको कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनको विषयमा भने निर्णय लिन सकेन ।

कांग्रेसको यो निर्णयसँगै एमाले पुनःस्थापनाको मुद्दामा एमाले एक्लिएको छ । पार्टी महाधिवेशनदेखि आन्तरिक विवादमा फसिरहेको एमालेले अहिले पुनःस्थापनाका लागि सडक आन्दोलन देखि अदालत सम्मको उपयोग गरिरहेको छ ।

महाधिवेशनसहित आन्तरिक गतिविधिमा लागेको एमाले यो सरकारको परिवर्तन र केहि समय भएपनि निर्वाचन पछाडि धकेल्न पाए हुन्थ्यो भन्नेमा देखिन्छ । तर नेपाली कांग्रेसले निर्णय गरेपछि, नेपाली कम्युनिष्ट पाटी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले यस अगाडि नै चुनावमा जानि भनिनै सकेका छन । जसले गर्दा अधिकांश दलहरु अव निर्वाचनका लागि तयार भएको देखिन्छ ।