काठमाडाैं। देशका पहाडी र हिमाली भू-भागमा शुक्रबार दिउँसाे आंशिक बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, शुक्रबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ। गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यसैगरी शुक्रबार बिहान भने देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको थियाे।




प्रतिक्रिया दिनुहोस्