काठमाडाैं। द्वन्द्व पीडित समुदायले पदाधिकारीको राजीनामा माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा धर्ना दिएका छन् ।
पीडित समुदायले विस्तृत शान्ति सम्झौता भएको २० औं वर्ष गाँठको सन्दर्भमा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडित समुदायले शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले विधि-प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबण्डा-नेताको खल्तीबाट गठित, राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल खारेज गर्न माग गरेका छन्।
आम-द्वन्द्व पीडित समुदायले आफ्नो पीडा-आँशु र अन्यायको सम्बोधन गर्ने कुनै विश्वास-भरोसा नभएका आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात-समयको बर्बादी भएको जिकिर गरेका हुन् । पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीले पदलोलुपता छोडेर तत्काल राजीनामा गर्न माग गरेका छन् ।
साथै उनीहरुले विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भका लागि मार्ग प्रशस्त गर्न माग समेत गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्