Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालयमा द्वन्द्व पीडितकाे धर्ना

पदलोलुपता छाेडेर पदाधीकारीबाट राजीनामा दिन माग

156
Shares

काठमाडाैं। द्वन्द्व पीडित समुदायले पदाधिकारीको राजीनामा माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा धर्ना दिएका छन् ।

पीडित समुदायले विस्तृत शान्ति सम्झौता भएको २० औं वर्ष गाँठको सन्दर्भमा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडित समुदायले शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले विधि-प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबण्डा-नेताको खल्तीबाट गठित, राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल खारेज गर्न माग गरेका छन्।

आम-द्वन्द्व पीडित समुदायले आफ्नो पीडा-आँशु र अन्यायको सम्बोधन गर्ने कुनै विश्वास-भरोसा नभएका आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात-समयको बर्बादी भएको जिकिर गरेका हुन् । पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीले पदलोलुपता छोडेर तत्काल राजीनामा गर्न माग गरेका छन् ।

साथै उनीहरुले विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भका लागि मार्ग प्रशस्त गर्न माग समेत गरेका हुन् ।

Skip This