Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सरकार र बञ्चरेडाँडाका स्थानीयबीच ११ बुँदे सहमति

सहमतिसँगै अवरोध पनि हट्याे (पत्रसहित)

1.2k
Shares

काठमाडौं। नुवाकोटकाे बञ्चरेडाँडा समस्याको समाधान गर्नका लागि ११ बुँदे सहमति भएको छ।

सरकार र स्थानीयवासीबीच बिहीबार भएको छलफलमा सोही सहमति गरिएको हो। यो सहमतिसँगै स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन् ।

सोही सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने र एक महिनाभित्र मुआब्जा वितरण गर्ने लागयतका विषय रहेका हुन् ।