Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


आगामी निर्वाचनकाे सुरक्षाका लागि सेना परिचालन गर्न सिफारिस


429
Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषदकाे ४१ औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सुरक्षा परिषदकाे आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दे आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ। उक्त प्रतिवेदनलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषदका सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिनुभयाे।