Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


सिमरा घटना: ‘स्थितिलाई नियन्त्रण बाहिर जान नदिन सरकार सजग बनाेस्’: संयाेजक दाहाल

राजनीतिक दललाई निर्बाध रूपमा हिँडडुल र सभा समारोह आयोजना गर्न सकिने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी

260
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।

संयोजक दाहालले बिहीबार सामाजिक सञ्जालमार्फत स्थितिलाई थप हिंसात्मक वा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन समेत आग्रह गर्नुभएको हो। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुने बताउदै उहाँले त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृतिविरुद्ध जाने काम भएको बताउनुभयो।

राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र नेतालाई निर्बाध रूपमा हिँडडुल गर्न र सभा समारोह आयोजना गर्न सकिने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी भएको उहाँको भनाइ छ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखा परेको तनावप्रति चासो व्यक्त गर्दै संयोजक दाहालले घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने आग्रह पनि गर्नुभयो।

संयोजक दाहालले आफ्ना दलका स्थानीय समितिलाई समेत परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।