Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


शेयर बजार आज झिनो अंकले घट्याे

४ अर्ब ६८ करोड ८८ लाख बढीकाे काराेबार

78
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ।

४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ० दशमलव ९३ अंकले घटेको हो। नेप्सेमा कारोबार भएका मध्ये १ सय ३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। १ सय १२ वटा कम्पनीको सेयर मूल्य भने बढेकाे हाे। तर, ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नभएकाे नेप्सेले जनाएकाे छ।

नेप्सेमा धौलागिरि लघुवित्तको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा कमाएका हुन्। बुंगल हाइड्रोको सेयर बिक्री कर्ताले सबै भन्दा बढी गुमाएका छन् । नेप्से झिनो अंकले घट्दा होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूहको उपसूचक सकारात्मक रहेकाे हाे।

साथै अन्यको उपसूचक नकारात्मक रहेकाे नेप्सेले जनाएकाे छ।