Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


म्यान्माकाे अनलाइन ठगी केन्द्रमा सेनाकाे छापा, साढे ३ सय पक्राउ


1.5k
Shares

एजेन्सी। म्यान्मा सेनाले बुधबार थाइल्याण्ड सीमा नजिकै रहेको अनलाइन ठगी केन्द्रमा छापा मारेको छ।

साेही क्रममा सेनाले करिब ३ सय ५० जनालाई गिरफ्तार गरेको हाे। यो कदम देशैभरी फैलिएको अवैध अनलाइन ठगी कारोबारमा उच्च–प्रोफाइल कदमको रूपमा लिन सकिन्छ। सशस्त्र संघर्ष प्रभावित सीमावर्ती क्षेत्रहरूमा फैलिएका यी ठगी केन्द्रहरूले अनलाइन जुवा ठगीमार्फत वार्षिक रूपमा अर्बौं डलरको नोक्सान पुर्‍याउदै आएका छन्। सेनाले श्वे कोको क्षेत्रमा गरिएको छापामा करिब १० हजार मोबाइल फोन पनि बरामद गरेको हाे।

विश्लेषकहरूका अनुसार म्यान्मा सेनाले यस्ता कार्यहरू लामो समयदेखि नजरअन्दाज गर्दै आएको भए पनि, यस पटकको कारबाही चीनको दबाबका कारण पनि भएको देखिन्छ। जसका नागरिकहरू ठगीमा संलग्न र पीडित दुवै बनेका थिए। सरकारले ठगी केन्द्रहरू सञ्चालन गर्न सशस्त्र विपक्षी समूह जिम्मेवार रहेको आरोप लगाएको छ।