Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्छ: सञ्चारमन्त्री खरेल


169
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएकाे छ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा बाेख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताउनुभयाे । निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको समेत उहाँले जानकारी दिनुभएकाे छ। मन्त्री खरेलले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरूलाई समेत आग्रह गर्नुभयाे। निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्त्वपूर्ण भूमिका हुने समेत उहाँले उल्लेख गर्नुभएकाे छ।

उहाँले भन्नुभयाे,- ‘सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडि बढाउने काममा हामी अगाडि बढिरहेका छौं । यसमा महत्त्वपूर्ण रूपमा जोडिएको सम्मानित संसद, राष्ट्रिय सभा, समितिका माननीय सदस्यज्यु, समितिका सभापतिज्यूहरू सबैलाई म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडी बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हामी अगाडी । यो बाटोमा अगाडि बढाउने कुराहरूमा माननीयज्युहरुको सभापतिको महत्त्वपूर्ण भूमिका हुन्छ।’

मन्त्री खरेलले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि अगाडि बढाइरहेको पनि बताउनुभयाे।