Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप

सुरक्षा जोखिम रोक्न कर्फ्यू आदेश जारी

871
Shares

काठमाडौं। बाराकाे सिमरा विमानस्थलको गेट तोड्फोड गरिएको छ।

बाराको परवानीपुरमा आयोजना गरिएको नेकपा एमाले प्रदेश जागरण कार्यक्रममा एमाले नेताहरू सहभागी हुने जानकारी पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न बुधबार सिमरा विमानस्थल बाहिर प्रदर्शन गरेका हुन्। सोही क्रममा विमानस्थलको बाहिरको गेट समेत तोड्फोड भएकाे प्रहरीले बताएकाे छ।

प्रदर्शनकारी रोक्न प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो। सुरक्षा जोखिम रोक्न कर्फ्यू आदेश समेत जारी गरिएको हाे। जीतपुरसिमरा उपमहानगरपालिकाको केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि सिमरा विमानस्थल आसपास क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेकाे हाे।

जीतपुरसिमरा उपमहानगरपालिका-सिमरा चोकमा जेनजी युवा समूह र एमाले कार्यकर्ताबीच झडप भएको थियो।