Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


आज बालाचतुर्दशी, पितृकाे सम्झनामा शतबीज छरिँदै


221
Shares

काठमाडौं ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ ।

हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ ।

मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा (मंगलबार राति) दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन् ।

शतबीज छर्न पशुपतिनाथ लगायत शिवमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।