काठमाडौं। नेपालले मुलुकको सार्वभौम क्रेडिट रेटिङमा सन् २०२५ लागि बीबी माइनस प्राप्त गरेको छ।
गत वर्ष पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो। पछिल्ला महिनाहरूमा देखिएको सामाजिक, राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिकाबीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर-बलियो रहेको पुष्टि गरेकाे छ।
चुनाव केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाकाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको अर्थ मन्त्रालयले जनाएको हाे।
नेपालले प्राप्त गरेको यो रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट संकेत दिएको छ।






प्रतिक्रिया दिनुहोस्