Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


साउदीमा बस दुर्घटन हुँदा ४२ जनाको मृत्यु


1.8k
Shares

एजेन्सी। साउदी अरबको मदिना नजिकै भारतीय तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ।

मक्काबाट मदिनातर्फ जाँदै गरेको मुश्लिम तीर्थयात्रीहरु चढेको बस डिजेल ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो। मदिनाबाट करिब २५ किलोमिटर टाढा मुफ्रिहात क्षेत्रमा गएराती यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। साउदीको खलिज टाइम्सलाई उद्धृत गर्दै जनाइए अनुसार बसमा सवार अधिकांश यात्री भारतको हैदरावादका थिए।

मक्काको धार्मिक कार्यक्रम पूरा गरेपछि उनीहरु मदिना जाँदै थिए। दुर्घटनामा बसमा सवार एक जना मात्रै बाँचेको भारतको तेलङ्गाना राज्यका मुख्यमन्त्री ए. रेवन्त रेड्डीले जानकारी दिनुभएको छ।