Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


एनपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

जनकपुर बोल्ट्स भने ५ विकेटले पराजित

715
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार साँझ सम्पन्न भएकाे खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेकाे हाे। टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको थियाे। काठमाडौंले १ सय ३२ रन जोड्दै विजय यात्रा थालेको हो।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबै भन्दा बढी ४६ रन जोडेका थिए । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरेका हुन्। ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका थिए । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत क्याच आउट गराएका छन्।