Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


प्रधानमन्त्री कार्कीद्वारा दोस्रो संस्करणको एनपीएल क्रिकेटको उद्‌घाटन, हेलिकोप्टरमाफर्त पुष्पवृष्टि


871
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्‌घाटन गर्नुभएकाे छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार दिउँसाे एक समारोहकाबीच प्रधानमन्त्री कार्कीले साेही प्रतियोगिताको उद्‌घाटन गर्नुभएकाे हाे। उद्‌घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो।

क्यानको आयोजनामा शुरु भएको प्रतियोगिता यहि मंसिर २७ गतेसम्म संचालन हुने भएकाे छ। प्रतियोगितामा ८ वटा टोली सहभागी भएका हुन्।