Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


त्रिवि मैदान वरपर भिड नगर्न प्रहरीको आग्रह


299
Shares

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवाती खेलको टिकट सबै बिक्री भइसकेको हुँदा त्रिवि मैदान वरपर नजान प्रहरीले अनुरोध गरेको छ।

आज अपराह्न ४ बजे पहिलो संस्करणको बिजेता जनकपुर बोल्ट्स र काठमाडाैं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सूचना जारी ‘आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरेका छन् ।