Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


शेयर बजार आज ५ अंकले घट्याे

३ अर्ब ८९ करोड ३९ लाख बढीकाे काराेबार

117
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ५ दशमलव १५ अंकले घटेको छ।

नेप्सेमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २ हजार ५ सय ४० दशमलव ५७ विन्दुमा पुगेको हो। नेप्से घट्दा १ सय ६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। ७४ वटा कम्पनीको सेयर मूल्यमा भने वृद्धि भएकाे हाे। तर, कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे छ।

सागर डिस्टिलरीको सेयर बिक्रीकर्ताले सबै भन्दा बढी नाफा कमाए का हुन्। भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्रीकर्ताले भने सबै भन्दा बढी गुमाएका छन् । नेप्से घट्दा होटेल तथा पर्यटन र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक राताम्य भएकाे नेप्सेले जनाएकाे हाे।