Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


मधेशमा मुख्यमन्त्री यादव नियुक्तिको विरोधमा आज पनि ७ राजनीतिक दलकाे प्रदर्शन जारी


104
Shares

काठमाडाैं। मधेश प्रदेशमा मुख्यमन्त्री सराेज कुमार यादवनियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैठाैं दिन पनि आन्दोलन जारी राखेका छन्।

मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै नेकपा एमाले बाहेकका प्रदेशसभा सदस्यहरुले शुक्रबार पनि मधेश भवन अगाडि धर्ना जारी राखेका हुन् । धर्ना मधेश प्रदेशका पूर्वमन्त्रीहरु र प्रदेश सभाका सदस्यहरु सहभागी रहेका छन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेश प्रदेश सभामा सबै भन्दा ठूलो दलकाे संसदीय दलका नेताको हैसियतले एमालेका संसदीय दलका नेता यादवलाई यहि कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेर २४ गते पद तथा गाेनीयताकाे शपथग्रहण गराएपछि ती दलहरु आन्दोलनमा होमिएका हुन्।

७ दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउने अवस्था हुँदा हुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाइएको भन्दै ७ दलका नेताहरू साेही दिनदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।