Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


सहकारी प्रकरण: रवि र छविको मुद्दाकाे सक्कल मिसिल झिकाउन उच्च अदालत आदेश

सर्वोच्चमा रहेको सक्कल सिमिल प्राप्त भएपछि थप सुनुवाई हुने

3.1k
Shares

काठमाडाैं । तुलसीपुर उच्च अदालतको बुटवल इजलासले सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

साेही इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। यहि कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानून व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो। यस अघि लामिछानेको मुद्दामा न्यायाधीश मिलन कुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएको भन्दै एकैसाथ राख्ने आदेश गरेको थियो।

लामिछानेले बिगो बमोजिमको रकम बुझाई थुना बाहिर रहेर मुद्दा लड्न माग गरेका थिए । त्यस अनुसार उच्च अदालतले लामिछानेसँगै जोशीको फाइल पनि पेश गर्न आदेश दिएको थियो। ‘जेनजी’ प्रदर्शनका क्रममा उच्च अदालत बुटवल इजलासमा आगजनी र तोड्फोड भएता पनि लामिछाने र जोशी दुवैको मुद्दा फाइल सुरक्षित रहेको अदालतले जनाएको छ।