Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


शेयर बजार आज झिनो अंकले बढ्याे

कारोबारमा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट

78
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हप्ताको अन्तिम बिहीबार कारोबारमा १ सय २४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ।

३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से जम्मा ० दशमलव ३१ अंकले मात्रै बढेको हो। नेप्से झिनो अंकले बढे पनि १ सय २३ वटा कम्पनीको सेयर मूल्यमा भने वृद्धि भएकाे छ। ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेकाे छ। नेप्से २ हजार ५ सय ४४ दशमलव ९१ बिन्दुमा पुगेको हाे।

माबेलुङ इनर्जीको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा कमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्को सेयर बिक्री गर्नेले सबै भन्दा धबढी गुमाएका हुन् । नेप्से झिनो अंकले बढ्दा बैंकिङ, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक सकारात्मक रहेकाे नेप्सेले जनाएकाे छ।