Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


सरकारले जेनजीका माग पूरा गर्न सक्दैन: सुदन गुरूङ


403
Shares

काठमाडाैं । जेनजी युवाका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ।

निर्वाचन आयोगमा बिहीबार सञ्चारकर्मीसँगको कुरा गर्दै उहाँले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताउनुभएको हो । उहाँले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद र घाइतेका मागहरु पूरा हुनुपर्नेमा जाेड दिनुभएकाे छ । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको बताउदै उहाँले जेनजी आन्दोलनले न्याय पाउनुपर्ने माग उहाँले गर्नुभयो।

उहाँले भन्नुभयो,-‘हामी चुनावमा जाँदैनौँ । हामी यो २०८४ को चुनाव २०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे शहीद र घाइते भएका छन् । गृहमन्त्री अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौं, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौं । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौं । उहाँले न्याय दिने आशा छैन ।’

जेनजी प्रतिनिधि गुरुङले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाउनुभयो । हरेक नेपालीहरु देश बनाउन आउनुपर्नेमा उहाँकाे जाेड छ।