Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


महाधिवेशन सम्बन्धी विवादले पार्टी विभाजनसम्मको अवस्था आउन सक्छ: नेता कोइराला


533
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नियमित वा विशेष महशाधिवेशनकाे बारेमा पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिनुभएको हो। उहाँले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको नेता कोइरालाले बताउनुभयाे।

नेता काेइरालाले साेही हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको बताउँदै केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो। बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशन सम्बन्धी निर्णय लिनुपर्नेमा उहाँकाे जोड छ।

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गि भूमिका खेलिरहेको नेता कोइरालको भनाइ थियाे।