Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिसले जित्याे


858
Shares

काठमाडाैं । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा महिला गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबले जितेकाे छ।

शिवसताक्षीस्थित दूधे रंगशालामा साेमबार सम्पन्न फाइनलमा पुलिसले एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेकाे हो। खेलको २१औं मिनेटमा पुलिसका लागि मिना देउवाले गरेको गोल नै निर्णायक बनेकाे थियाे।

यसअघि सेमिफाइनलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई र एपीएफले आर्मीलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । साेही जितसँगै विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले ५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।