Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन

390
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पूजा-अर्चना गर्नुभएकाे छ।

प्रधानमन्त्री कार्कीले साेमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएकाे हाे। प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए। पशुपतिनाथको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले सोमबार नै पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद बैठक समेत बोलाउनुभएकाे छ।

बैठकमा प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राख्नुभयाे।