Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बहुविवाह प्रकरण: एमाले नेता पासाङ शेर्पा रिहा


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा रिहा भएका छन्।

बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान भएका शेर्पा साेमबार रकम बुझाएर रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार सजाय वापदको रकम बुझाएर शेर्पा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यहि कात्तिक १८ गते पक्राउ गरेको थियो । शेर्पाविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । कैद वापतको रकम तिरेर बाहिर निस्किन पाऊँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए ।

साेही अनुसार शेर्पा रकम बुझाएर रिहा भएका छन् ।